दार्चुलाबाट सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित प्रदेशसभा सदस्य मानबहादुर धामी (सन्तोष) लाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा उहाँमा कोरोना संक्रमण पुष्टि भएको हो ।
उहाँले आज आफुमा कोरोना भाईरस (कोभिड १९) पोजेटिभ देखिएकोले १५ दिन यता आफ्नो सम्पर्कमा आएका सबैलाई क्वारेन्टाईन तथा आईसोलेसनमा बस्न आग्रह गर्नुभएको छ ।
प्रदेश सभा सदस्य धामीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै आफुलाई कोरोना पुष्टि भएको र स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।




