बैतडी । बैतडीको पाटन नगरपालिकामा कार्यरत चार जना कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि नगरपालिका सिल गरिने भएको छ ।
नगरपालिकाभित्र समुदाय स्तरमै कोरोना भाइरसका संक्रमित देखिन थालेपछि सिल गर्ने निर्णय गरेको हो ।
बुधवार नगरउपप्रमुख सरस्वती कोलीको अध्यक्षतामा बसेको सर्वपक्षीय बैठकले असोज २९ गतेदेखि लागु हुने गरि कात्तिक ३ गते सम्म नगरक्षेत्र सिल गर्ने निर्णय भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायणदत्त पन्तले जानकारी दिनुभयो ।
सिल गर्ने निर्णय गरेसंगै बिहीबारदेखि बजार बजार व्यवसाय, होटेल, विद्यालय , कार्यालय, संघसस्था, तालिम, गोष्ठी तथा सभा सम्मेलन गर्न रोक लागेको छ ।
यसका साथै कात्तिक ३ गतेसम्म आवतजावतमा समेत पुर्ण रुपमा बन्द गर्ने निर्णय गरेको गरिएको पन्तले बताउनुभयो । यस्तै बैंक तथा बित्तीय संस्थाहरु कात्तिक १ देखि ३ दिन सम्मका लागी बन्द गर्ने निर्णय गरिएको नगरपािलकाले जनाएको हो ।
यसअघि नगरपालिकाका २ जना कर्मचारीका कोरोना देखिएपछि असोज २३ देखि नगरपालिकाको कार्यालय र १० ओटै वडा कार्यालयहरु बन्द गरिएको थियो ।




