दार्चुला । गएको २४ घण्टामा थप २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

१२ हजार तीन सय ११ जनाको स्वाब परीक्षण गरिएकोमा २ हजार आठ सय ५६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोना सङ्क्रमितको संख्या एक लाख ५८ हजार ८९ पुगेको छ ।

यस्तै गएको २४ घण्टामा तीन हजार तीन सय ३६ जना कोरोना सङ्क्रमण मुक्त भएसँगै कोरोनाबाट निको हुनेको संख्या एक लाख ११ हजार छ सय ७० पुगेको छ ।

अब नेपालमा ४५ हजार पाँच सय ७२ जना सक्रिय सङ्क्रमित रहेका छन् । यस्तै गएको २४ घण्टामा पाँच जनाको ज्यान गएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या आठ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?