बझाङ । कोरोना संक्रमणबाट बझाङमा एक जनाको मृत्यु भएको छ ।

जिल्ला अस्पताल बझाङमा उपचारका क्रममा मृत्यु भएका जयपृथ्वी नगरपालिका वडा नम्बर ८ बारिलका २८ वर्षीय युवकमा संक्रमण पुष्टि भएको हो ।

श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएका युवकको शनिबार बिहान मृत्यु भएकोमा संक्रमण पुष्टि भएको जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्दिप ओखेडाले बताउनुभयो ।

संक्रमित पुरुष झण्डै १ हप्तादेखि अस्वस्थ्य थिए । उनमा संक्रमण पुष्टि भएपछि अस्पतालले आकस्मिक बाहेकका सेवा बन्द गरिएको जनाएको छ ।

यस्तै मृतक चालकका गाडी धनीमा समेत कोरोना संक्रमण पुष्टि भएको छ ।

श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने लगायतका लक्षण देखिएपछि उनलाई धनगढी रेफर गरिएको छ ।

यो सँगै सुदूरपश्चिममा मृतकको संख्या ३२ पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?