दार्चुला । बैतडीमा बिहीबार थप दुई जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा भएको परीक्षणमा जिल्लाको दशरथचन्द नगरपालिका ९ का २२ बर्षीय पुरुष र जिल्ला प्रहरी कार्यालयमा कार्यरत ३५ बर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।

दशरथचन्द नगरपालिका ९ का संक्रमित पुरुष होम आइसोलेसनमा छन् भने जिल्ला प्रहरी कार्यालयका संक्रमित पुरुष जिल्ला अस्पातलको आइसोलेसनमा रहेका छन् । दुवै जनाको स्वास्थ्य अवस्था समान्य रहेको स्वास्थ्य कार्यालयले जनाएको छ ।

बिहीबार थप दुईजनामा कोरोना पुष्टि भएसंगै बैतडीमा संक्रमितको संख्या चार सय ९७ पुगेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?