दार्चुला । सरकारले अन्तर्राष्ट्रिय सीमामा नेपालले थप पूर्वाधार र जनशक्ति थप्ने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसदमा शुक्रबार नीति तथा कार्यक्रम घोषणा गर्नुहुँदै सीमामा आवश्यक पूर्वाधार र जनशक्तिसहित ‘बोर्डर अब्जरभेसन पोष्ट’ (बिओपी) बनाइने उल्लेख गर्नुभयो ।

ऐतिहासिक सन्धि, नक्सा, तथ्य र कुटनीतिक माध्यमबाट भारतसँग भएको सीमा विवाद समाधान गरिने नीति तथा कार्यक्रममा उल्लेख छ । लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्र नेपालकै भएकाले त्यसलाई पुनःप्राप्त गरिने र छुटेको भूमि समावेश गरेर नेपालको नक्सा बनाइने राष्ट्रपति भण्डारीले भन्नुभयो ।

यस्तै अध्यागमनलाई अध्याधुनिक र प्रविधिमैत्री बनाइने, प्रदेशसँगको समन्वयमा कारागारको भौतिक पूर्वाधार विकास गरेर व्यवस्थापन गरिने र कैदीको श्रम र सीपलाई उत्पादनमूलक काममा लगाइने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै  राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालयको स्थापनाको लागि अध्ययन थालिने उहाँले भन्नुभयो ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकता दिएका छौँः नगरप्रमुख नरसिंह चैसीर (अन्तरवार्ता)

२०८० माघ २४, बुधबार १२:३६

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?