कञ्चनपुरमा एक महिनामा लागूऔषधसहित ४१ पक्राउ

दार्चुला । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चालु आर्थिक वर्ष २०८२/०८३ अन्तर्गत फागुन महिनामा गरेको कार्यसम्पादन सार्वजनिक गरेको छ। सार्वजनिक गरिएको विवरणअनुसार लागूऔषध नियन्त्रणदेखि अवैध मदिरा र भन्सार छलीका सामान नियन्त्रणमा प्रहरीले उल्लेखनीय सफलता हासिल गरेको जनाएको छ।

विज्ञापन
Ad
प्रहरीका अनुसार फागुन महिनामा लागूऔषध सम्बन्धी १८ वटा मुद्दा दर्ता भएका छन्। सो क्रममा ४१ जना व्यक्ति पक्राउ परेका छन्, जसमा २ जना महिला र ३९ जना पुरुष रहेका छन्। पक्राउ परेकाबाट २.५१ ग्राम चरेश, ४९.९ ग्राम खैरो हेरोइन तथा १०५ एम्पुल लागूऔषध बरामद गरिएको छ।

विज्ञापन
cp add
त्यसैगरी अवैध मदिरा नियन्त्रण अभियान अन्तर्गत प्रहरीले १,३४१ लिटर मदिरा र १९९ लिटर कच्चा पदार्थ बरामद गरेको जनाएको छ।

यस्तै, भन्सार छलीका विभिन्न अवैध सामानहरू समेत नियन्त्रणमा लिइएको छ। प्रहरीले अन्दाजी मूल्य २६ लाख ७१ हजार ६३६ रुपैयाँ बराबरका सामान बरामद गरेको जानकारी दिएको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?