धामी दम्पतीद्वारा मालिकार्जुन–२ स्थित राष्ट्रिय मावि ठिङलाई स्मार्ट बोर्ड सहयोग

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका–२ मा रहेको राष्ट्रिय माध्यमिक विद्यालय ठिङलाई समाजसेवी नन्दन सिंह धामीले स्मार्ट बोर्ड सहयोग गर्नुभएको छ।

विद्यालयलाई प्रविधिमैत्री बनाउने उद्देश्यले शैक्षिक अभियन्ता चन्द्र सिंह धामीको पहलमा वडा नं. २ बजानी घर भई हाल संयुक्त राष्ट्रसंघ (यूएन) मा प्रशासन अधिकृतका रूपमा कार्यरत गजेन्द्र सिंह धामी (भलादमी) का कान्छा छोरा नन्दन सिंह धामीले करिब २ लाख ५० हजार रुपैयाँ बराबरको स्मार्ट बोर्ड प्रदान गर्नुभएको हो।

शुक्रबार धामी र उहाँकी धर्मपत्नी कृष्मा धामी स्वयम् उपस्थित भई एक थान स्मार्ट बोर्ड विद्यालयलाई हस्तान्तरण गर्नुभएको शिक्षक बैकुण्ठ देव अवस्थीले जानकारी दिनुभयो।

विद्यालयको डिजिटलमैत्री अभियानमा सहयोग पुर्‍याएकोमा विद्यालय परिवारले धामी दम्पतीप्रति आभार व्यक्त गरेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?