दार्चुला । मालिकार्जुन गाउँपालिका अध्यक्ष नरेन्द्रसिह धामीविरुद्ध उपध्यक्ष पुष्पा अवस्थी मेनुकाले जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी दिनुभएको छ । गाउँपालिका सञ्चालनमा अध्यक्ष धामीले एकलौटी तथा मनपरी गरेको आरोप लगाउदै उपध्यक्ष अवस्थीले उजुरी गरेपछि अध्यक्ष र उपाध्यक्ष बिचको विवाद सतहमा आएको छ ।
उपाध्यक्ष अवस्थीले अध्यक्ष धामीमाथि विभिन्न आठ वटा आरोप लगाउदै छाबिनको माग सहित जिल्ला प्रशासन कार्यालय दार्चुलामा उजुरी दिनुभएको छ । मालिकार्जुन गाउँपालिकामा अध्यक्ष धामी नेपाली काग्रेस र उपाध्यक्ष अवस्थी नेकपाबाट निर्वाचित भएकोले विगतदेखि नै शैद्धान्तीक मतभिन्नता रहदै आएको थियो ।
अध्यक्ष धामीलाइ लक्षित गरि गाउँपालिकामा अनियमितता भएको आरोप लगाउदै उपाध्यक्ष अवस्थीले गाउँपालिकामा भएको अनियमितताबारे तीन दिनभित्र छानबीन तथा छलफल नभए गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र लेखापालको कार्यकक्षमा तालाबन्दी गरिने चेतावनी समेत दिनुभएको छ ।
अध्यक्ष नरेन्द्रसिह धामीले भने सबै निर्णय दुवै जना बैठकमा सहभागि भएर गरिएकोले अनियमितता भयो भन्ने कुरामा सत्यता नरहेको बताउनुभयो । मापदण्ड विपरित कुनैपनि सेवा सुबिधा नलिएकाेले याे विषयमा छानबिन गर्न तयार रहेकेा उहाँकाे भनाइ छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?