दार्चुला । सरकारले वैदेशिक रोजागारीका शिलशिलामा विभिन्न देशमा रहेका र कोरोना महाकारीका कारण अलपत्र परेका नेपालीलाई स्वदेश फर्काउने भएको छ ।

विभिन्न देशमा रहेका नेपालीलाई कसरी उद्धार गरेर ल्याउने भन्ने बारेमा विभिन्न चरणमा छलफलपछि कोरोना नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कार्यविधि बनाउने निर्णय गरेको हो ।

हिजो बसेको उच्चस्तरिय समितिको बैठकमा भारतसहित तेस्रो मुलुकबाट आउनेको व्यवस्थापनका विधिका बारेमा छलफल भएको छ । कार्यविधि प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तयार पार्नेछ ।

सरकारले विदेशबाट फर्किनेको व्यववस्थापन गर्न सातै प्रदेशमा एक–एकजना संघीय सरकारका मन्त्रीलाई सम्पर्क व्यक्ति तोकेको छ ।

उनीहरुले प्रदेश सरकार र स्थानीय तहसँग समन्वय गरी क्वारेन्टाइन लगायतका व्यवस्था गर्ने समितिका सदस्य सचिव एवम प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव नारायण बिडारीले जानकारी दिनुभयो ।

सबै पक्षका सुझाव लिएर विदेशबाट फर्काउने र त्यसपछिको व्यवस्थापन गर्ने सम्बन्धमा कार्यविधि बनाएर मन्त्रिपरिषद् बैठकमा पेश गरिने उहाँले बताउनुभयो ।

कार्यविधि मन्त्रिपरिषदबाट पारित भएपछि प्राथमिकताका आधारमा नेपालीलाई स्वदेश फर्काइने जनाइएको छ । भारतबाहेक नै करिब ६ लाख नेपाली स्वदेश फर्किने अनुमान गरिएको छ ।

संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा उद्याेग मन्त्री लेखराज भट्टलाइ  संयोजकको जिम्मेवारी दिएको छ । सबै प्रदेशमा एकएक जना मन्त्रीलाइ संयाेजक ताेकिएकाे छ । भारतबाट आउनेका कारण कोरोना संक्रमण तीब्र भइरहेका बेला थप मान्छेलाई कसरी भित्र्याउने र कहाँ राख्ने भन्नेबारेमा पनि कार्यविधि बनाइने भएको छ ।

उद्धार कुन बिधिबाट गर्ने भन्ने निर्णय भइसकेको छैन । स्वदेश ल्याउने सुरक्षाका विधि, ल्याइसकेपछि क्वारेन्टाइन तथा आइसोलेसनमा राख्ने व्यवस्था र त्यसपछि सम्बन्धित स्थानीय तहको जिम्मा लगाएर घर पठाउने लगायतका विषयमा कार्यविधि बन्दैछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?