दार्चुला । बुधबार थप २५ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डाक्टर विकास देवकोटाले तीन वर्षका बच्चासहित २५ जनामा सङ्क्रमण पुष्टि भएको जानकारी दिनुभयो ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४ सय २७ पुगेको छ । बुधबार देखिएका सङ्क्रमितमध्ये सात जना महिला र १८ जना पुरुष छन् ।

नेपालमा अहिलेसम्म ३८ जिल्लामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । कोरोना सङ्क्रमण कारण अहिलेसम्म दुई जनाको ज्यान गएको छ । भने ४५ जना उपचारपछि निको भएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

 

टिंकरमा सशस्त्रको बिओपीः नेपालीमाथि दुर्व्यवहार, भारतीय प्रशासनद्धारा गल्ती स्वीकार

२०८० भाद्र २८, बिहीबार २०:३१

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?