दार्चला । नेपाली अतिक्रमित भूमि कालापानी क्षेत्र लिपुलेकमा रहेका भारतीय  क्याम्पहरु हटाउन चीनियाँ सैनिकले चेतावनी दिएकाे छ ।

नेपालको भूमि अतिक्रमण गरेर लिपुलेक क्षेत्रमा लामो समय देखी बस्दै आइरहेकाे भारतीय सैनिकलाई लिपु पास नजिक बनाएका सैनिक क्याम्प हटाउन चेतावनी दिएको खबर भारतीय पत्रिका अमर उजालाले समाचार प्रकासन गरेकाे छ ।

लद्दागपछि चीनियाँ सेनाले लिपुलेकमा तनाव उत्पन्न गर्न खाेजेकाे पत्रिकामा लेखिएकाे छ ।

समाचारका अनुसार चीनियाँ सैनिकहरु केहि दिनयता भारतले अतिक्रिमण गरेको नेपाली भूमी लिपुलेक क्षेत्रमा आएर चीनियाँ झण्डा फहराईरहेका छन् । झण्डामा चीनीयाँ भाषामा लेखेर लिपुलेक सिमा क्षेत्रको २ सय मिटर वर भारतले बनाएको क्याम्पहरु र मानसरोवर जाने यात्रीहरुका लागी बनाइएका विश्राम क्याम्पहरु हटाउन चेतावनी दिइरहेको समाचारमा उल्लेख छ ।

लिपुलेककाे भूमी विवादित रहेकाले पछि हट्न भारतीय सेनालाई चीनियाँ सेनाले चेतावनी दिएकाे हाे ।

नेपाली अतिक्रमित भूमीमा ढुक्क संग बर्षाै देखि बस्दै आइरहेका भारतीय सैनीकलाई चीनियाँ सेनाले चेतावनि दिएपछि भारतले सिमा क्षेत्रमा सेनाको संख्या बढाइरहेको समाचारमा उल्लेख गरेकाे छ ।

हेर्नुहाेस अमर उजालाले प्रकाशन गरेकाे समाचार : https://www.amarujala.com/dehradun/chinese-soldiers-threaten-to-india-by-flags-in-lipulekh-pass-after-ladakh?src=top-lead&pageId=2 

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?