दार्चुला । दार्चुलाको दुहुँ गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणका लागि शिविर सञ्चालन गर्न लागेको छ। गाउँपालिका भित्र रहेका लाभग्राहीहरूको सहजताका लागि सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखाको आयोजनामा शिविर सञ्चालन हुन लागेको हो।

गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भागा बडालका अनुसार नेपाल इन्भेस्टमेन्ट मेगा बैंकसँगको समन्वयमा वडा–वडामै पुगेर शिविर सञ्चालन गरिनेछ।

गाउँपालिकाले जारी गरेको सूचनाअनुसार शिविर बैशाख १० गतेदेखि १७ गतेसम्म सञ्चालन हुनेछ। तालिकाअनुसार बैशाख १० र ११ गते वडा नम्बर ३ को वडा कार्यालयमा, बैशाख १४ गते वडा नम्बर ४ मा, बैशाख १५ गते वडा नम्बर ५ मा, बैशाख १६ गते वडा नम्बर २ मा तथा बैशाख १७ गते वडा नम्बर १ का लाभग्राहीका लागि बैंकमार्फत सेवा प्रदान गरिनेछ।

गाउँपालिकाले भत्ता लिन आउँदा राष्ट्रिय परिचयपत्र (भएको खण्डमा), सामाजिक सुरक्षा भत्ता परिचयपत्र, लाभग्राहीको नागरिकता तथा संरक्षकको हकमा सम्बन्धित कागजातसहित उपस्थित हुन आग्रह गरेको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?