दार्चुला । बाख्रा चराउने क्रममा ढुङ्गा खसेर गम्भीर घाइते भइ सेती अञ्चल अस्पताल धनगढीमा उपचाररत शैल्यशिखर नगरपालिका-४ रानिशिखरका अर्जुनसिंह ठगुन्नाकी छोरी जयन्ती ठगुन्नाको उपचारका लागि ‘गाउँ निर्माणमा हाम्रो पहल’ अभियान रानिशिखरले आर्थिक सहयोग संकलन गरिरहेको छ ।

शैल्यशिखर नगरपालिका-४ मा रहेको जङ्गलमा बाख्रा चराइरहेका बेला जेठ १६ गते ढुङ्गाले लागेर दुवै खुट्टा, हात र टाउकोमा चोट लागि गम्भीर घाइते भएकी १४ वर्षीय जयन्तीको उपचारका लागि अहिलेसम्म १ लाख ७० हजार अार्थिक सहयोग संकलन भएको उक्त अभियानका सचिब रामसिंह ठगुन्नाले लोकदर्पण टीभी अनलाइनलाई जानकारी दिनुभयो।

घाइते बालिकाको उपचारमा तीन लाख पचास हजार भन्दा बढी रकम खर्च हुन सक्ने र उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण आफुहरूले सामाजिक संजालबाट सहयोग आह्वान गरेको “गाउँ निर्माणमा हाम्रो पहल” अभियानका सचिब ठगुन्नाले बताउनुभयो।

हात र दुबै खुट्टा भाचिएकी बालिकाको उपचारमा अझैपनि दुई लाख बढी सहयोग अावश्यक भएकोले बालिकाको जीवन रक्षाका लागि सहयोग गर्न सबैलाई अपिल गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

चर्मण्वती डेउडा उत्सवको उपाधी दयाकृष्ण पन्तलाई, मञ्जु गिरी उपविजेता (भिडियोसहित)

२०८१ भाद्र २२, शनिबार १९:११

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?