
दार्चुला । अछाममा आफ्नै शरीरमा आगो लगाएर घाइते भएका सिद्धार्थ आउजीको मृत्यु भएको छ।
बयलपाटा अस्पतालबाट निकालेपछि आफ्नै शरिरमा पेट्रोल छर्केर सख्त घाइते भएका साँफेबगर नगरपालिका-६ भागेश्वरका आउजीको उपचारका क्रममा कोहलपुर मेडिकल कलेजमा मृत्यु भएको हाे ।
आर्थिक संकट परेको भन्दै उहाँ लगायत ३३ जना कर्मचारीलाई बयलपाटा अस्पतालले हटाएको थियो।
दुई बर्षदेखि बयलपाटा अस्पतालमा कार्यरत आउजीले जागिरबाट निकालिए पछि विहान बेलुकाको छाक टार्न समेत धौधौ भएको भन्दै आफ्नै शरीरमा पेट्रोल छर्केर घाइते हुनुभएकाे थियाे।
उहाँकाे उपचारका क्रममा केही समय अघि मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।