दार्चुला । लाइन अफ एक्च्युल(एलएसी)को लद्दाख क्षेत्रमा भारतीय र चिनियाँ सुरक्षाकर्मीबीच भिडन्त हुँदा कम्तिमा २० जना भारतीय सेनाको मृत्यु भएको छ । मंगलबार अपरान्ह एकजना कर्णेल र दुई सिपाहीको मृत्युको पुष्टि गरेको भारतीय अधिकारीहरुले मंगलबार साँझ २० जनाको मृत्यु भएको बीबीसीले उल्लेख गरेको छ ।

४५ वर्ष यता भारत र चिनियाँ सीमा क्षेत्रमा यति धेरै संख्यामा सेनाको मृत्यु भएको यो पहिलो घटना हो । सीमा क्षेत्रमा करीब एक महिनादेखि विवाद चल्दै आएको छ । भारत र चीनबीच विवादित सीमा क्षेत्रमा दुबै तर्फको सेनाबीच सोमबार साँझ भिडन्त भएको हो ।

चीनले क्षतिबारे केही जानकारी गराएको छैन् । यद्दपी उसले भारतीय सेना चिनियाँ भूमिमा आएको दाबी गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता चाओ लिचियानले भारतीय सेना चिनियाँ भूमिमा आएर उक्साउने कार्य गर्दा दुबैतर्फ क्षति हुनेगरी भिडन्त भएको बताउनुभएको छ । चीनतर्फ पनि क्षति भएपनि स्वतन्त्र पुष्टि भइसकेको छैन्।

मे पहिलो साता चिनियाँ र भारतीय भूभाग जोड्ने लद्दाख क्षेत्रमा दुबै पक्षका सेनाबीच सामान्य विवाद हुँदा झडप भएकाे थियो । उक्त विवाद साम्य बनाउन दुबै पक्षले शान्तिपूर्ण वार्तालाई जारी राखे पिन अहिले ठूलाे संख्यामा क्षति हुने गरी भिडन्त भएको हो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

स्वस्थानी व्रत कथा शुरू, रेडियो लोकदर्पणमा ज्यो. ईन्द्रदेव जोशीको प्रस्तुती (भिडियोसहित)

२०८१ पुष २९, सोमबार ०८:३०

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?