
दार्चुला । विश्वमा कोरोनाबाट सङ्क्रमित हुनेको संख्या ८२ लाख ५० हजार नाघेको छ ।अहिलेसम्म ८२ लाख ५६ हजार २ सय ५७ जना सङ्क्रमित भएका वर्ल्डओमिटरले जनाएको छ ।
सङ्क्रमित भएकामध्ये झण्डै ४३ लाख निको भएका छन् । अहिलेसम्म ४३ लाख ६ हजार ८९ जना निको भएका हुन् । सङ्क्रमणका कारण ४ लाख ४५ हजार ९ सय ३७ जनाको ज्यान गएको छ ।
यस्तै भारतमा कोरोनाका कारण सङ्क्रमित हुनेको संख्या ३ लाख ५४ हजार नाघेको छ । भारतमा ११ हजार ९ सय भन्दा धेरैको ज्यान गएको छ भने १ लाख ८७ हजार ५ सय ५२ जना निकाे भएका छन् ।
विश्वभरमा सबैभन्दा धेरै सङ्क्रमित हुनेमध्ये २२ लाख ८ हजार ४ सयसहित अमेरिकामा पहिलाे स्थानमा छ भने ९ लाख २८ हजार ८ सय ३४ सहित ब्राजिल दाेस्राे तथा ५ लाख ४५ हजार ४ सय ५८ सहित रुस तेस्राे स्थानमा छन् ।
विश्वभरमा अहिले ३५ लाख ४ हजार २ सय ३१ जनाकाे उपचार भइरहेकाे र तीमध्ये ५४ हजार ५ सय ९३ सङ्क्रमितकाे अवस्था गम्भीर रहेकाे वर्ल्डओमिटरले जनाएको छ ।

पत्रकार जोशी लोकदर्पण मिडियाका लागि विभिन्न विधाका समसामयिक विषयमा कलम चलाउछन् ।