दार्चुला । ट्राफिक प्रहरीका प्रहरी उपरीक्षक (एसपी) बामदेब गौतम निरीक्षण भ्रमणको क्रममा दार्चुला आइपुग्नुभएको छ ।

शुक्रबार दिउँसो एसपी गौतम दार्चुला आइपुगेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

सुदूरपश्चिम प्रदेशका नौँ वटै जिल्लाहरुको निरीक्षण भ्रमण गर्ने क्रममा आज एसपी गौतम दार्चुला आइपुगेको र भोली बैतडीमा भ्रमण गर्ने कार्यतालिका रहेको ट्राफिक प्रहरी दार्चुलाका प्रमुख दिपक बोहराले जानकारी दिनुभयो ।

भ्रमणको क्रममा सडक दुर्घटना न्यूनिकरण र ट्राफिक नियम पालना गर्ने गराउने विषयमा छलफल भइरहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?