दार्चुला । नेकपा एमालेका चार उपाध्यक्षले पार्टीको नीति र नेतृत्व पुनर्गठन गर्न माग गरेका छन् ।

भक्तपुरको गुन्डुमा हिजो बसेको केन्द्रीय सचिवालय बैठकमा पार्टी उपाध्यक्षहरू विष्णु पौडेल, गोकर्ण विष्ट, पृथ्वीसुब्बा गुरुङ र रघुजी पन्तले फागुन २१ को चुनावी परिणामले पार्टीको नीति र नेतृत्वको पुनर्गठनको माग गरेको बताएका हुन् ।

अर्का उपाध्यक्ष रामबहादुर थापाले भने अहिलेकै नेतृत्वमा पार्टीलाई बलियो बनाएर जानुपर्ने बताउनुभएको थियो । उपाध्यक्षहरूले नेतृत्वमाथि प्रश्न उठाएपछि ओली आक्रोशित हुनुभएको र केही बेर सवाल जवाफ भएको नेताहरूले बताएका छन् । पार्टी आन्दोलन र नेतृत्व सङ्कटमा परेका बेला आन्दोलनको रक्षा र नेतृत्वको प्रतिरक्षा गर्नुपर्नेमा पुनर्गठनको अभियान चलाएको भन्दै ओलीले आक्रोश पोख्नुभएको थियो ।

सङ्कटको बेला पुनर्गठन, पुनर्गठन भनेर हिँड्नेहरूलाई पनि अनुशासनको कारबाही हुन्छ भन्ने प्रकारका भाषा प्रयोग गर्दै ओलीले चेतावनी दिन थालेपछि उपाध्यक्ष गुरुङले प्रतिवाद गर्नुभएको थियो ।

‘एमाले तपाईँको प्राइभेट कम्पनी हो ? यो पार्टीमा हाम्रो योगदान, भूमिका छैन’ भन्दै उपाध्यक्ष गुरुङले प्रतिवाद गर्नुभएको नेताहरूको भनाइ छ । आफ्नै प्यानलबाट सचिवालयमा जिताएका नेताहरूले साथ छाडेपछि ओली सङ्कटमा पर्नुभएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?