
दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका वडा नम्बर ८ मा स्थापना गरिएको तल्चौरा सहरी स्वास्थ्य इकाई केन्द्रको सेवा शुभारम्भ भएको छ । शुक्रबार (आज) शैल्यशिखर नगरपालिका वडा नम्बर ८ का वडाअध्यक्ष केशवदत्त जोशीको अध्यक्षतामा एक कार्यक्रमको आयोजना गरि तल्चौरा सहरी स्वास्थ्य इकाई केन्द्रको सेवा सुरु गरिएको हो ।
शैल्यशिखर नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख शिवदत्त जोशी लगायत कर्मचारी, स्वास्थ्यकर्मी र स्थानीयबासीको उपस्थितिमा वडाअध्यक्ष केशवदत्त जोशीको बिपि चेक (जाँच) गर्दै सेवा शुभारम्भ गरिएको बोहोरीगाउँ स्वास्थ्य चौकी प्रमुख कृष्णानन्द पन्तले बताउनुभयो ।
तल्चौरामा आधारभूत स्वास्थ्य सेवा सुरु भएसंगै स्थानीयबासीलाई प्राथमिक उपचारका लागि सहज हुने भएको छ । तल्चौरा स्वास्थ्य इकाईमा हाल १ अहेब, १ अनमी र १ कार्यालय सहयोगीको दरबन्दी रहेको शैल्यशिखर नगरपालिकाका कर्मचारी मनोरथ जोशीले बताउनुभयो ।
विगत १० बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।