दार्चुला । बैतडीको सुर्नया गाउँपालिका ७ पथरकोट घर भएका गायक तथा सर्जक तेजु विक को नयाँ गित देव भुमी सार्वजनिक भएको छ । विकको लय तथा शब्द सिर्जनामा चर्चित देउडा गायिका गौरी भट्ट र तेजु विकको आवाज रहेको उक्त देउडा गित सार्वजनिक भएको हो । चैत्र ७ गते (बुधबार) सम्झना म्युजिक फिल्मस् युटुव च्यानल मार्फत सो देउडा गित सार्वजनिक गरिएको हो ।
उक्त देउडा गितको भिडियोमा पदम बिष्ट र मिना क्षेत्रि बोहराले अभिनय गरेका छन् भने सो गितको निर्देशन तेजु विक मायालु स्वयमले नै गरेका हुन् ।
गायक तथा सर्जक विक २०६१ सालबाट निरन्तर सांगितक क्षेत्रमा सक्रिय रहेका छन् ।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




