दार्चुला । दार्चुलाको शैल्यशिखर नगरपालिका स्तरीय छैंटौ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ । गत शनिबारबाट नगरपालिकाको वडा नम्बर १ स्थित कृष्ण माध्यमिक विद्यालय बलाँचको खेलमैदान सञ्चालन भएको प्रतियोगिता बुधबार (आज) सम्पन्न भएको हो ।

छैंटौ नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि वडा नम्बर ९ मा रहेको गोकुलेश्वर माध्यमिक विद्यालय, गोकुलेले जितेको छ । त्यस्तै प्रतियोगितामा पशुपति भवन माध्यमिक विद्यालय ग्वानी द्धितीय र सत्यप्रकाश माध्यमिक विद्यालय देथलाले तृतीय स्थान प्राप्त गरेको नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोज राज भट्टले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?