दार्चुला । दार्चुलाको अपी हिमाल गाउँपालिकामा चार दिन स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। अपिहिमाल गाउँपालिकाको सहकार्यमा नेपाल फार्मेसी संघ र धनगढीको सीपि अस्पतालले चार दिन स्वास्थ्य शिविरको आयोजना गरेको हो।
सीपि अस्पतालका अनुसार चैत ३० गतेदेखि वैशाख ४ गते (आज) सम्म ६९४ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। अस्पतालले सञ्चालन गरेको स्वास्थ्य शिविरमा चार सय ६५ महिला र २ सय २९ पुरुषले स्वास्थ्य उपचार सेवा लिएको बताइएको छ ।
चैत ३० गते पहिलो दिन अपि हिमाल गाउँपालिका–५ ओखालमा स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। उत्त क्षेत्रका ६५ महिला र ४२ पुरुषले उपचार सेवा लिएका छन्। एक सय सात जनाले पहिलो दिनको शिविरमा स्वास्थ्य उपचार सेवा लिएका हुन्।
दोस्रो दिन वैशाख २ गते २ सय ४३ जनाले स्वास्थ्य उपचार सेवा लिएका छन्। उनीहरूमा एक सय ७२ महिला र ७१ पुरुष रहेका छन्। दोस्रो दिन अपि हिमाल गाउँपालिका–४ चिल्ढुङ्गामा स्वास्थ्य शिविर सञ्चालन गरिएको हो। उक्त दिन ३० जनाको भिडिओ एक्सरेसमेत गरिएको थियो। तेस्रो दिन अपि हिमाल गाउँपालिका–४ मा नै स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। तेस्रो दिन एक सय ८५ जनाले उपचार सेवा लिएका छन्। एक सय २१ महिला र ६४ पुरुषले उपचार सेवा लिएका अस्पतालले जनाएको छ। तेस्रो दिन २९ जनाको भिडिओ एक्सरेसमेत गरिएको छ।
चौथो दिन अपि हिमाल गाउँपालिका–१ मा आयोजना गरिएको स्वास्थ्य शिविरमा एक सय ५९ जनाले स्वास्थ्य उपचार लिएका छन्। उनीहरूमा एक सय सात महिला र ५२ पुरुष रहेका छन्।
विगत ११ बर्षदेखि पत्रकारितामा सक्रिय लोकदर्पण मिडियाका संस्थापक/सञ्चालक लोकेन्द्र प्रसाद जोशी सामाजिक, आर्थिक, राजनीतिक लगायत समसामयिक विभिन्न विधामा कलम चलाउछन् ।




