दार्चुला । दार्चुलाबाट चालु आर्थिक बर्ष २०८१–८२ को हाल सम्म २० लाख बढिको भन्सार छलीको सामान बरामद गरिएको छ ।

आर्थिक बर्षको पहिलो ५ महिनाको अवधिमा २० लाख ८८ हजार ८८ रुपैया को भन्सार छलीको सामान बरामद गरिएको भन्सार कार्यालय दार्चुलाका निमित्त कार्यालय प्रमुख विष्णु दत्त बडुले जानकारी दिनुभयो । चालु आर्थिक बर्षको साँउन देखि मंसिर सम्मको अवधिमा उक्त सामान बरामद गरिएको निमित्त कार्यालय प्रमुख बडुले बताउनुभयो ।

चालु आर्थिक बर्षको साउन महिनामा २ लाख ८९ हजार ८ सय ९२ रुपैया बराबरको भन्सार छलिको सामान बरामद गरिएको कार्यालयको तथ्याङ्कले देखाएको छ । त्यस्तै भदौमा ३ लााख ७३ हजार २ सय ७८ रुपैया, असोजमा ४ लाख २० हजार ३ सय ८३ रुपैया, कार्तिकमा ५ लाख ६६ हजार ५ सय ८३ रुपैया र मंसिर महिनामा ४ लाख ३७ हजार ९ सय ५२ रुपैँया गरि कुल २० लाख ८८ हजार ८८ रुपैँयाको भन्सार छलीको सामान बरामद गरिएको निमित्त कार्यालय प्रमुख बडुले जानकारी दिनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?