दार्चुला । डडेल्धुरा उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष कालिप्रसाद जोशी मृत फेला परेका छन्।

जिल्लाको अमरगढी नगरपालिका वडा नम्बर २ भेल निवासी ५८ वर्षीय जोशी वडा नम्बर २ कै कुस्मालीमा मृत भेटिएका हुन्। जोशी बिहिवार बिहानदेखि बेपत्ता भएका थिए। जोशीको खोजीका लागि डडेल्धुरा प्रहरीका विभिन्न युनिटसँगै अन्य जिल्ला र प्रदेश प्रहरीलाई हुलिया परिपत्र गरिएको थियो। शनिवार दिउँसो जोशी मृत फेला परेका हुन्।

प्रहरीका अनुसार उनी डडेल्धुरा सदरमुकामबाटै सम्पर्कविहीन भएका थिए। घटनाबारे अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?