महाकालीमा नुहाउने क्रममा बगेर दार्चुलाका अन्दाजी १५ वर्षीय बालक बेपत्ता

दार्चुला । महाकाली नदीमा नुहाउने क्रममा बगेर दार्चुलाका एक बालक बेपत्ता भएका छन्।

सोमबार दिउँसो करिब १ बजेतिर नुहाउने क्रममा व्याँस गाउँपालिका–६ हुती पन्तपालीका १६ वर्षीय धिरज सिंह धामी महाकाली नदीमा बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

प्रहरी निरीक्षक देवेन्द्र बुढाथोकीका अनुसार धामी सदरमुकाम खलंगा स्थित महेन्द्र माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत थिए। उनी साथीहरूसँग महाकाली नदीमा नुहाउन गएका थिए। एकपटक नदी पार गरेर पारी पुगेपछि वारी फर्किने क्रममा उनी बगेर बेपत्ता भएका बताइएको छ।

घटनापछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरेर नदी क्षेत्रमा खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ। स्थानीयवासीको सहयोगमा पनि खोजी जारी रहेको छ।

प्रतिक्रिया

Leave a Comment

Your email address will not be published. Required fields are marked *

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?