दार्चुला । बझाङमा एक गार्मेन्ट उद्योगमा आगलागी भएको छ । जिल्लाको केदारस्युँ गाउँपालिका वडा नम्बर ४ स्थित बागथला बजारमा स्थानीय पुष्पराज भट्टद्वारा सञ्चालित होनैनाथ गार्मेन्ट उद्योगमा गएराति करिब १२ः४५ बजे विद्युत सर्ट भई आगलागी भएको हो । अस्थायी प्रहरी पोष्ट बागथलाका अनुसार जस्तापाताले छाइएको एकतले तीन कोठे उक्त कच्ची संरचना पूर्ण रूपमा जलेर नष्ट भएको छ ।

घटनाको जानकारी राति १ः३० बजे प्राप्त हुनासाथ प्रहरी निरीक्षक हरक सिंह फरालको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थलमा खटिएको थियो। स्थानीयवासीको सहयोगमा राति करिब २ बजे आगो नियन्त्रणमा ल्याइएको थियो।

उद्योगभित्र रहेका सबै सामग्री जलेर नष्ट भए पनि कुनै मानवीय वा चौपाया क्षति भने नभएको प्रारम्भिक विवरणमा उल्लेख गरिएको छ। यद्यपि, आगलागीबाट भएको भौतिक तथा आर्थिक क्षतिको विस्तृत विवरण संकलन कार्य जारी रहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?