दार्चुला । दार्चुलाको लेकम गाउँपालिका वडा नम्बर ५ स्थित प्रसिद्ध लटिनाथ मन्दिर जयपुरमा लागेको जात्रा सम्पन्न भएको छ। । विहिबार (हिजो) कार्तिक शुक्लपक्षको नवमी तिथीमा लागेको रात्रीजात्रा भव्यताका साथ शान्तीपुर्ण तरिकाले सम्पन्न भएको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

विहिबार दिउँसो १२ बजे रिठा भण्डारी घरबाट भराण लगेर सुभारम्भ भएको रात्रीजात्रा आज विहान सम्म भव्यताका साथ मनाइएको थियो । विहिबार विहान देखि सुरु भएको जात्रा हजाँरौले दर्शनार्थीले दर्शन गरेको मन्दिर व्यवस्थापन समितिले जनाएको छ ।

जयपुर जात्रा दार्चुलाको लेकम-५ रिठा भाराणी घरबाट भाराण लगेपछि दिउँसोदेखी शुभारम्भ भएको थियो । भाराण जयपुर पुर्याएपछि दिनभरी पुजनजात्रा र बेलुकीदेखी दोस्रो दिनको विहानसम्म भव्य रात्रीजात्रा लागेको मन्दिरका भरण्या उमाकान्त बिष्टले बताउनुभयो। बरदान, विजय वा शक्तिको पहिचानसँग जोडिएको लटिनाथ मन्दिर स्थानीय रूपमा अत्यन्त श्रद्धा र विश्वासको धार्मिक केन्द्र मानिन्छ।

जात्रामा दार्चुला, बैतडीसहित सुदूरपश्चिमका विभिन्न जिल्ला र सिमावर्ती भारतीय क्षेत्रका भक्तजन तथा दर्शालुहरुको सहभागिता रहेको थियो । जयपुर जात्रामा लाखौको व्यापार गरिएको छ । जात्रालाई सभ्य, भव्य र मर्यादित बनाउन सहयोग गर्ने सम्र्पुणमा मन्दिर व्यवस्थापन समितिले धन्यवाद ज्ञापन गरेको छ ।

दार्चुलामा कार्तिक ६ गतेबाट सुरु भएका रात्रीजात्राहरु जारी रहेका छन् । अब कार्तिक १७ गते राष्ट्रिय धाम ‘श्रि शैल्य-मालिकार्जुनमा’ शिखर पुजन जात्रा र १८ गते मालिकार्जुन मन्दिरमा रात्री जात्रा लाग्दै छ । कार्तिक १९ गते पुर्णीमा तिथीमा लेकमको कुणी भगवती, पाती लगायतका मन्दिरमा जात्रा लागे संगै यस बर्षको रात्री जात्रा सम्पन्न हुने गर्दछ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?