दार्चुला । निर्वाचनमा आयोगमा आजसम्म १ सय २२ वटा दल कायम भएका छन् ।

फागुन २१ गतेका लागि चुनाव घोषणा हुने अघिल्लो दिनसम्म १ सय २२ वटा दल दर्ता थिए । त्यसपछि ७ वटा नयाँ दल दर्ता भएका छन् भने ७ वटा दल खारेज भएका छन् । ६ वटा दल एकता प्रक्रियामा गएकाले र एउटा सर्वोच्च अदालतको आदेश अनुसार खारेज भएको हो । यस्तै २८ वटा दल दर्ताको प्रक्रियामा रहेका छन् ।

निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा चुनावमा सहभागी हुनका लागि नयाँ दल दर्ताको निवेदन दिन आजसम्मको समय दिएको छ ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागि हुने प्रयोजनको अवधीभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरुले चुनावमा सहभागि हुन पाउने छन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?