दार्चुला । बैतडीको डिलासैनीमा खर काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ। बुधबार दिउँसो डिलासैनी गाउँपालिका वडा नम्बर ७ ढाँण बस्ने ५८ वर्षीया हरुली कार्कीको सोही वडाको न्यौटे भन्ने ठाउँमा खर काट्ने क्रममा भिरबाट लडेर मृत्यु भएको हो ।
दिउँसो ४ बजेको समयमा कार्की भिरबाट लडेको र परिवारका सदस्यले खोजी गर्दै जाँदा बेलुकी ६ बजेको समयमा मृत अवस्थामा फेला पारेको स्थानीय बमबहादुर कार्कीले बताउनुभयो ।
कार्कीको भिरबाट लडेर घट्ना स्थलमै मृत्यु भएको उहाँले बताउनुभयो । मृतक कार्कीका छोरा सशस्त्र प्रहरीबलमा कार्यरत रहेको र काठमाण्डौबाट फर्किसकेकोले भोलि अन्तेष्टी गरिने उहाँले बताउनुभयो ।





प्रतिक्रिया