दार्चुला । बैतडीको सुर्नयामा भीरबाट लडेर एक महिलाको मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका वडा नम्बर ८ सेलाकी ३१ वर्षीया पार्वती साउँदको भीरबाट लडेर बुधबार मृत्यु भएको हो ।
घर नजिकै बाख्रा चराउन गएकी पार्वतीको भीरबाट लडेर घटनास्थलमै ज्यान गएको उहाँका दाजु हरिसिंह महराले बताउनुभयो । बुधबार दिउँसो ३ बजेतिर भीरबाट लडेर उहाँको मृत्यु भएको बताइएको छ ।
मृतक पार्वतीको घरमा दुई छोरा रहेका छन् । उहाँका श्रीमान रोजगारीको सिलसिलामा दुबईमा रहेको र घरमा घटना भएपछि उहाँ घर फर्किने तयारीमा रहेको आफन्तले बताएका छन् ।
पार्वतीको अल्पायुमै मृत्यु भएपछि सेला गाउँ शोकमा डुबेको छ ।




