राष्ट्रिय परिचयपत्र कार्ड बुझिलिने सम्बन्धी सार्वजनिक सूचना!
जिल्ला प्रशासन कार्यालय, दार्चुलाबाट विवरण संकलन भई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभाग, काठमाडौबाट मिति २०७७ साल असोज १८ गतेदेखि मिति २०८० साल श्रावण मसान्तसम्मका छपाई भई आएका राष्ट्रिय परिचयपत्र १७२१६ थान (कार्ड) हरु वितरण भइरहेको व्यहोरा सबैमा विदितै छ। हालसम्म यस कार्यालयबाट करिव १०,६८९ (दश हजार छ सय उनानब्बे) थान परिचयपत्र कार्डहरु सम्बन्धित व्यक्तिहरूलाई वितरण गरिसकिएकोले विभागबाट प्राप्त भएका अन्य वाँकी परिचयपत्र कार्डहरु यस कार्यालयमा सुरक्षित रहेकाले हालसम्म आफ्नो कार्ड प्राप्त नगर्नुभएका दार्चुला जिल्लाका सम्पूर्ण आदरणीय नागरिकहरूलाई देहाय बमोजिमको प्रक्रिया अपनाई आफ्नो परिचयपत्र कार्ड बुझिलिनुहुन यो सूचनामा उल्लेख गरिएको छ ।
१. आवश्यक कागजातः
कार्ड लिन आउँदा आफूले विवरण दर्ता गर्दा प्राप्त गरेको भरपाई र आफ्नो नागरिकताको सक्कल प्रमाणपत्र साथ स्वयं व्यक्ति अनिवार्य साथमा लिएर आउनुपर्नेछ ।
२. स्थानः
जिल्ला प्रशासन कार्यालय, दार्चुला (राष्ट्रिय परिचयपत्र इकाई)।
३. थप जानकारीः
यदि कसैको भरपाई हराएको भएमा नागरिकताको सक्कल प्रमाणपत्र सहित सम्पर्क राख सकिनेछ ।
आफ्नो परिचयपत्र समयमै बुझिलिई राज्यबाट प्राप्त हुने सेवा सुविधाहरूमा सहजता प्राप्त गर्नुहुन पुनः अनुरोध गरिन्छ । थप जानकारीका लागि यस कार्यालयमा सम्पर्क गर्न सकिनेछ ।
-जिल्ला प्रशासन कार्यालय दार्चुला ।




