दार्चुला । सडक, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत पूर्वाधार पहाडी क्षेत्रमा पुगे पनि रोजगारी र सुविधा खोज्दै तराई झर्ने क्रम बढेको छ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकामा पहाडी जिल्लाबाट बसाइँ सरेर आउनेहरूको सङख्या निरन्तर बढ्दो छ । यस्तै अवस्था अरु क्षेत्रमा पनि देखिन्छ ।

शुक्लाफाँटा नगरपालिकाको सूचना तथा प्रविधि शाखाको तथ्याङ्कअनुसार पछिल्ला तीन आर्थिक वर्षमा शुक्लाफाँटामा कूल तीन हजार ४५ जना बसाइँ सरेर आएका छन् । शाखा प्रमुख लोगराज भट्टका अनुसार बसाइँ सरेर आउनेमध्ये धेरैजसो सुदूरपश्चिमका पहाडी जिल्ला डडेल्धुरा, बैतडी र दार्चुलाका रहेका छन् ।

त्यसपछि अछाम, बझाङ र बाजुराबाट आउनेको सङ्ख्या उल्लेख्य छ । बसाइँसराइ गर्नेमा धेरैजसो पहाडी समुदायका नागरिक रहेका छन् भने आदिवासी थारु समुदायको सहभागिता निकै कम रहेको छ । नगरपालिकाबाट पनि अन्त बसाइँ सरेर जानेहरू छन् । तर बाहिरिनेको तुलनामा भित्रिनेको सङ्ख्या झण्डै दोब्बर छ ।

पहाडी क्षेत्रमा विद्यालय, स्वास्थ्य संस्था र सडक सञ्जालको पहुँच विस्तार भए पनि आर्थिक आत्मनिर्भरता र रोजगारीका अवसर नहुँदा बसाइँसराइ बढेको शुक्लाफाँटा नगरपालिकाका प्रवक्ता लालबहादुर ऐर बताउनुहुन्छ । अव्यवस्थित बसाइँसराइका कारण तराई क्षेत्रमा जनघनत्व बढ्ने, खेतीयोग्य जमिन खण्डीकरण हुने र सहरी सेवामाथि चाप पर्ने चुनौती थपिँदै गएको उहाँको भनाइ छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?