दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका वडा नम्बर ४ मा नेकपा(एमाले)को प्रचार प्रसार कमिटी गठन गरिएको छ । शनिबार (आज) वडा कमिटी अध्यक्ष केशरसिंह धामीको अध्यक्षतामा बसेको बैठकले वडा कमिटी सदस्य शेरसिंह धामीको संयोजकत्वमा ७१ सदस्सीय वडा स्तरीय प्रचारप्रसार कमिटी गठन गरेको हो ।

बैठकले आगामी प्रतिनिधि सभा निर्वाचनमा दार्चुलाबाट एमालेका प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गणेश सिंह ठगुन्नालाई विजयी गराउन एकजुट भएर लाग्ने प्रतिवद्धता पनि व्यक्त गरेको वडा कमिटी अध्यक्ष धामीले बताउनुभयो ।

बैठकमा पालिका कमिटी अध्यक्ष चक्र सिंह धामीको पमुख आतिथ्यता रहेको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?