दार्चुला । दार्चुलामा एक बृद्धा महिला आफ्नै घरमा मृत फेला पर्नुभएको छ । शैल्यशिखर नगरपालिका वडा नम्बर ८ देवलका ७१ वर्षीया लक्ष्मी जोशी मंगलबार (आज) बिहान आफ्नै घरमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।
घरमा एक्लै बस्दै आउनु भएकी जोशीको शव शङ्कास्पद अवस्थामा भेटिएपछि प्रहरीले अनुसन्धान गरिरहेको जनाएको छ। इलाका प्रहरी कार्यालय गोकुलेश्वरका अनुसार घरमा एक्लै बस्दै आउनु भएकी एकल महिला मृत फेला परेको खबर विहान ९ बजेतिर प्राप्त भएको थियो। खबर पाएपछि प्रहरी निरीक्षक निरजसिंह भाट सहितको टोली अहिले घटनास्थलमा रहेको छ।
मृत फेला परेकी जोशीको हत्यापछि सुनका गरगहना लुटपाट गरिएको बताइएको छ ।




