दार्चुला । दार्चुलामा हत्या गरेको अवस्थामा ७१ वर्षीया बृद्धाको शव भेटिएको छ । मंगलबार (आज) विहानशैल्यशिखर नगरपालिका वडा नम्बर ८ को देवलमा ७१ वर्षीया लक्ष्मी जोशीको शव घरभित्रै हत्या गरिएको अवस्थामा भेटिएको थियो ।

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) पदमबहादुर विष्टले जोशी घरभित्र मृत अवस्थामा भेटिएको बताउनुभयो । उहाँका अनुसार घरमा एक्लै बस्दै आउनुभएकी जोशीको हत्या आशंकामा अनुसन्धान अघि बढाइएको छ ।

अनुसन्धानका लागि धनगढीबाट तालिमप्राप्त कुकुर समेत दार्चुला ल्याईएको छ । जोशीको घरमा लुटपाट गरेर हत्या गरिएको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?