दार्चुला । गत भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा पत्नी गुमाएका एक भारतीय नागरिकले १०० करोड भारतीय रुपैयाँ क्षतिपूर्तिको माग गर्दै दिल्ली उच्च अदालतमा मुद्दा दर्ता गराएका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार रणवीर सिंह गोला नाम गरेका ती नागरिकले दिल्ली उच्च अदालतमा रिट निवेदन दायर गरेका हुन्। उनले जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नी पत्नी राजेश गोलाको मृत्यु भएको निवेदनमा उल्लेख गरेका छन्।

रणवीरले पत्नी राजेशको मृत्यु काठमाडौँस्थित हयात रिजेन्सी होटलको चौथो तलाबाट खसेर भएको जिकिर गरेका छन्। आगजनीका कारण होटलमा आगो फैलिन थालेपछि सुरक्षाका लागि छततर्फ जानुपरेको र लामो समयसम्म उद्धार हुन नसक्दा हामफाल्ने क्रममा पत्नीले ज्यान गुमाएको उनको दाबी छ।

रिट निवेदनमा उनले भारतीय विदेश मन्त्रालय, काठमाडौँस्थित भारतीय दूतावास र हयात रिजेन्सी होटललाई विपक्षी बनाएका छन्। होटल प्रशासनले पाहुनाको सुरक्षाका लागि आश्वासन दिएको, ‘चेकआउट’ गर्न नदिएको र आगलागी सुरु भएपछि माथिल्लो तलामा पठाएको उनको आरोप छ। भारतीय दूतावास र विदेश मन्त्रालयसँग पटक–पटक उद्धारको आग्रह गरे पनि कुनै सहयोग नपाएको उनले उल्लेख गरेका छन्।

भारतीय सञ्चारमाध्यमका अनुसार उक्त रिटमाथि सोमबार दिल्ली उच्च अदालतका न्यायाधीश पुरुषैन्द्र कुमार कौरवको एकल इजलासमा प्राथमिक सुनुवाइ भएको थियो। सुनुवाइका क्रममा न्यायाधीश कौरवले नेपालमा भएको घटनामा अदालतको क्षेत्राधिकारबारे प्रश्न उठाएका थिए। रिटमा हयात होटललाई विपक्षी बनाइएको विषयमा पनि उनले आपत्ति जनाएका थिए।

अदालतले रिट निवेदनमा संशोधन आवश्यक रहेको औँल्याउँदै २६ फेब्रुअरीसम्मका लागि सुनुवाइ स्थगित गरेको छ। आवश्यक संशोधनपछि मात्र आगामी सुनुवाइ हुने जनाइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?