दार्चुला । दार्चुला जिल्ला सामुदायिक सेवा इकाईमा कार्यरत प्रहरी हवल्दार योगेन्द्र घर्तीको महाकाली नगरपालिका–४ स्थित एक होटल पछाडि हत्या भएको घटनाप्रति नेकपा (एमाले) दार्चुलाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

एमाले जिल्ला कमिटी दार्चुलाले आज जारी गरेको प्रेस विज्ञप्तिमा माघ २६ गते राति ड्युटीकै समयमा धारिलो हतियार प्रयोग गरी घर्तीको जघन्य हत्या गरिएको र शव विभत्स अवस्थामा फालिएको घटनाले जिल्लाको सुरक्षा अवस्थाप्रति चिन्ता बढाएको उल्लेख गरिएको छ।

विज्ञप्तिमा घटनामा संलग्न जो–कोही व्यक्ति वा समूह भए पनि तत्काल खोजी गरी कानुनअनुसार कडाभन्दा कडा कारबाही गर्न सम्बन्धित निकायसँग माग गरिएको छ। साथै, जिल्लामा सुरक्षा व्यवस्था थप सुदृढ बनाउन, दोषीलाई छिटो कानुनी दायरामा ल्याउन र यस्ता घटना दोहोरिन नदिन प्रभावकारी कदम चाल्न आग्रह गरिएको छ।

एमाले दार्चुलाका सचिव उमेशराज जोशीद्वारा हस्ताक्षरित विज्ञप्तिमा उक्त घटनाप्रति पार्टी स्तब्ध र दुःखी भएको जनाइएको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको बताइएको छ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?