दार्चुला । बैतडीको सिगास गाउँपालिका–१ दुदिलाखानका ३६ बर्षीय खडकबहादुर बिष्ट मृत्यु प्रकरणमा अनुसन्धानका लागि प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।

मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा सोही ठाउँका ३६ बर्षीय पवन चन्दलाई पक्राउ गरेर अनुसन्धान शुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनका प्रमुख, प्रहरी निरीक्षक निरीक्षक इन्द्रराज भट्टले जानकारी दिनुभयो । पक्राउ परेका चन्दमाथि अदालतबाट म्याद थपेर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

पक्राउ परेका चन्द मृतक बिष्टका बाल्यकालदेखिका साथी रहेका बताइएको छ । मृतकका आफन्तले बिष्टको हत्या भएको भन्दै निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

आइतबार बजार जान्छु भनि हिँडेका बिष्ट सोमबार बिहान घर नजिकै मृत अवस्थामा फेला परेका थिए । घोप्टो परेको अवस्थामा उहाँको शव फेला परेको थियो ।

मृतक बिष्टको शव पोष्टमार्टम पछि आफन्तले बुझिसकेका छन् । घटनाका बिषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

शक्तिशाली लटिनाथ मन्दिर जयपुरमा बृहत नवमी जात्रा, धार्मिक महिमा र जात्रा विशेष (भिडियो)

२०८२ कार्तिक १३, बिहीबार १८:२५ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?