दार्चुला । बैतडीको पुचौडी नगरपालिका वडा नम्बर ८ मा अवस्थित डिलाशैनी माध्यमिक विद्यालय मल्लादेहीको ६६औँ वार्षिकोत्सव सम्पन्न भएको छ। मंगलबार (आज) विभिन्न सांस्कृतिक कार्यक्रमसहित ६६औँ वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको हो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु लुहारको अध्यक्षतामा आयोजित कार्यक्रममा पुर्चौडी नगरपालिकाका नगरप्रमुख दिपकबहादुर बमको प्रमुख आतिथ्यता रहेको थियो । त्यस्तै कार्यक्रममा विभिन्न समाजसेवी, राजनीतिज्ञ, शिक्षक, बुद्धिजीवी तथा अभिभावकको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक वीरसिंह रतोकीले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक वीरसिंह रतोकीले विद्यालयको वार्षिक आयव्यय तथा भौतिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । उहाँका अनुसार गत आर्थिक वर्षमा विद्यालयको कुल आय ८० लाख ३३ हजार ७५ रुपैयाँ र व्यय पनि सोही बराबर रहेको छ ।




