दार्चुला । दाङमा नेकपा एमालेको झण्डा जलाउँदै एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध गरिएको नाराबाजीबारे निर्वाचन आयोगले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई २४ घण्टाभित्र स्पष्टिकरण दिन पत्र काटेको छ ।

रास्वपाका कार्यकर्ताले तुलसीपुरमा एमालेको झण्डा जलाउँदै अध्यक्ष ओलीविरुद्ध नाराबाजी गरेपछि आयोगले २४ घण्टे स्पष्टिकरण सोधेको हो ।

आयोगका कानून अधिकृत मोहनराज जोशीद्वारा हस्ताक्षरित पत्रमा २४ घण्टाभित्र निर्वाचन आयोगको इमेल ठेगानामा प्राप्त हुने गरी स्पष्टिकरण पठाउन र घटनाबारे तथ्य लेख्न आग्रह गरिएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?