दार्चुला । नेपाली कांग्रेश दार्चुलाको प्रतिज्ञापत्र सार्वजनिक गरिएको छ । दार्चुलाको समन्नती, युवाको नेतृत्व, विश्वासको निरन्तरता भन्ने नाराका साथ नेपाली कांग्रेश दार्चुलाको प्रतिनिधिसभा निर्वाचन २०८२ को प्रतिज्ञापत्र सार्वजनिक गरिएको छ । नेपाली कांग्रेश दार्चुलाका प्रतिनिधिसभा प्रत्यक्ष उम्मेदवार धर्मानन्द जोशीको नेतृत्वमा दर्जनौँ प्रतिबद्धता समेटिएको प्रतिज्ञापत्र सार्वजनिक गरिएको हो ।
प्रतिज्ञापत्रमा विकास, सुशासन र समृद्धिका योजनाहरुसहित पाँच वर्षे दृष्टि समावेश गरिएको छ । दार्चुलाको विकासको आधारः बलियो, दिगो र रणनीतिक पुर्वाधार शिर्षकमा पुर्वाधार निर्माणको प्रतिज्ञाहरु समेटिएको छ । सबै क्षेत्र समेटेर आकर्षक नारासहित पाँच वर्षमा गर्ने कामहरुको लामो सूची राखिएको छ ।
प्रतिज्ञापत्र पढ्न लिंकमा क्लिक गर्नुहोस
https://drive.google.com/file/d/12YGFMS2UTuq9blfGsXpYtQ_pN36E2zoJ/view




