दार्चुला । सप्तरी निर्वाचन क्षेत्र नम्बर२ अन्तर्गत रहेका महदेवा गाउँपालिका–५ भगवतपुर चोकमा नेकपा एमालेको चुनावी प्रचारप्रसारका लागि डोरीमा बाँधेर झुण्ड्याइएको झण्डा निकालेर आगजनी गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महादेव गाउँपालिका वडानम्बर–५ कै २५ वर्षीय हरिनारायण मण्डल रहेका छन् । मण्डल निर्वाचन प्रहरीमा कार्यरत भएको स्रोतले पुष्टि गरेको छ ।

जिल्ला प्रहरी सप्तरीका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी (डिएसपी) डम्बरबहादुर पुरीले भने घटनाबारे थप अनुसन्धान गरिरहेको बताउनुभयो ।

प्रहरीले पत्रकार सम्मेलन गरेर थप जानकारी दिने बताएको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?