दार्चुला । आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी चुनावी प्रचारप्रसार कार्यक्रम अन्तर्गत नेपाली कांग्रेसले मार्मा गाउँपालिकाको लटिनाथमा अगुवा नेता कार्यकर्ताको उपस्थितिमा आमसभा गरेको छ। कांग्रेस मार्मा गाउँपालिकाका सभापति धन्नजय जोशीका अनुसार आज भेला सम्पन्न भएको हो।

आमसभामा बोल्दै नेपाली कांग्रेसका नेता सम्भु जोशीले नेपाली काङ्ग्रेस अहिले नीति र नेतृत्व परिवर्तन गरेर नयाँ काङ्ग्रेस बनेर आएको र काङ्ग्रेसले परिवर्तनलाई आत्मसात गरेको धारणा राख्नुभयो। परिवर्तित समयमा कांग्रेसले उपयुक्त उम्मेदवार चयन गरेकोले धर्मानन्द जोशीलाई जिताउनुपर्ने उहाँको भनाइ छ।

यस्तै आमसभामा बोल्दै नेपाली कांग्रेसका जिल्ला सचिव पुलेन्द्र बहादुर कार्कीले अहिलेको चुनाव सामान्य चुनाव नभएको र अहिलेको चुनाव देशमा शान्ति, स्थायीत्व, सुशासन स्थापना गर्नुका साथै देशको स्वाधीनता सार्वभौमिकता, लोकतान्त्र र संविधानको रक्षाको लागि भएकोले वर्तमान राजनीतिक परिवेशमा देश सम्हाल्न सक्ने योग्य व्यक्ति गगन थापा भएको धारणा राख्नुभयो। गगन फुत्त कतैबाट झरेर अचानक नेता बन्न आएका नभएर यहाँसम्म आइपुग्न उहाँको ठुलो संघर्ष, त्याग, समर्पण, लोकतन्त्र र नागरिक प्रतिको दरिलो प्रतिबद्दता, केही राम्रो गरौ भन्ने हुटहुटी, भिजन, सबै पुस्तालाई जोडन सक्ने ल्याकत रहेको कार्कीको भनाइ छ। जेन्जी आन्दोलनको भावना लाई आत्मसात गर्दै जोखिमपुर्ण विशेष महाधिवेशन मार्फत नेपाली काँग्रेसलाई समेत पुर्ण रुपमा बदलेर गगन आएको कार्कीले बताउनुभयो।

कार्यक्रममा आफ्ना कुरा राख्दै काङ्ग्रेसको तर्फबाट प्रतिनिधि सभा सदस्यका प्रत्यक्ष तर्फका उम्मेदवार बनेका धर्मानन्द जोशीले आफ्नो उम्मेदवारी सांसद बन्न मात्रै नभएर दार्चुलाका ग्रामीण क्षेत्रका जनताका दु:ख, पीडा जनताका आवाज लाई संसदमा पुगाएर जनताको सेवक बनेर जनताको सेवामा जीवन समर्पण गर्न आफू उम्मेदवार बनेको बताउनुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार जोशीले आफुले शान्ति, सुरक्षा, सुशासन र मानवअधिकारका क्षेत्रमा काम गरेको अनुभव बटुलेको तथा जीवनमा अभाव, दुख गरिबीसंग लडेर आएकोले आफु सधै भ्रष्टाचारको विरुद्धमा लड्ने बाचा समेत व्यक्त गर्नुभयो। जनताको घरदैलोमा पुग्दा आफू नयाँ भएकोले जनताबाट अपार स्नेह माया पाएकोले आफुले चुनाव जित्ने विश्वास रहेको उहाँको भनाइ छ।

कार्यक्रममा नेपाली कांग्रेसको तर्फबाट समानुपातिक उम्मेदवार करबिर बहादुर कार्की, प्रदेश कार्यसमिति सदस्य मदन गिरी, जिल्ला उपसभापति मानसिह बुढाथोकी, सचिवद्वय पुलेन्द्र बहादुर कार्की र माधवराज भट्ट, महासमिति सदस्य हरक बिष्ट, शम्भु प्रशाद जोशी, गणेश राज भट्ट, पदम राज पन्त, महाधिवेशन प्रतिनिधि नरेन्द्र सिह धामी, पुर्व उपसभापति अमर सिंह धामी लगायत अन्य नेता कार्यकर्ताको उपस्थिति रहेकोे थियो ।

यस्तै चुनावी प्रचारप्रसार अभियानको क्रममा शैल्यशिखरको वडा नम्बर ५ का डम्बर डागा, मनि डागा, दामोदर डाडा, शैल्यशिखर-४ का मोहन सिंह महराले एमाले परित्याग गरेर काङ्ग्रेस प्रवेश गरेको नेविसंघ नेता कृष्ण सिंह रावलले जानकारी दिनुभयो।

कांग्रेस दार्चुलाले आज विहान विकास, सुशासनसहित पाँच वर्षको दृष्टिसहित प्रतिज्ञा पत्र समेत सार्वजनिक गरेको विद्यार्थी नेता दिपक खातीले बताउनुभयो।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?