दार्चुला । दोगडाकेदार गाउँपालिका–८ कालागाउँ वसैला निवासी कलावती बिष्टको भिरबाट खसेर मृत्यु भएको छ।

शनिबार बिहान करिब ७ बजेतिर घाँस काट्न घरबाट निस्किएकी बिष्ट घर नफर्किएपछि परिवारले खोजी सुरु गरेका थिए। श्रीमान् डम्बर बहादुर बिष्टले खोजी गर्ने क्रममा पथ्थरखानी भिरमाथि डोको र काटिएको घाँस फेला पारेका थिए।

त्यसपछि तलतिर खोजी गर्दा करिब १०० मिटर तल उनको शव फेला परेको हो। बिहान करिब ११ बजेतिर शव भेटिएको जनाइएको छ। घटनास्थलमा पुगेपछि मृतकको दायाँ हात दुई–तीन ठाउँमा भाँचिएको तथा बायाँ खुट्टा पनि भाँचिएको अवस्थामा भेटिएको थियो।

मृतकको नाकको फुली हराएको भए पनि अन्य गहनाहरू सुरक्षित अवस्थामा भेटिएका छन्। प्रारम्भिक जानकारी अनुसार घटनामा कुनै शंकास्पद विषय देखिएको छैन।

मृतकका दुई छोरा र दुई छोरी रहेको मृतका आफन्त अनिल बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?