दार्चुला । जिल्लामा ५३.७६ प्रतिशत मत खसेको छ । दार्चुलामा ४९ हजार ९६८ मत खसेका छन् ।
मतदानको समय सकिएपछि जिल्लामा जम्मा ५३.७६ प्रतिशत मत खसेको प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले जानकारी दिनुभयो ।
मतदानमा जिल्लाभरी २३ हजार ३३७ जना पुरुष र २६ हजार ६३१ जना महिलाले मतदान गरेका छन् । एउटा मात्रै निर्वाचन क्षेत्र रहेको दार्चुलामा ९२ हजार ९४८ जना कुल मतदाता रहेका छन् ।
निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको जिल्ला निर्वाचन कार्यालय दार्चुलाले जनाएको छ ।




