दार्चुला । अपिहिमाल गाउँपालिकाका चार वटा दुर्गम मतदान केन्द्रका मतपेटिका भोलि बिहान ८ बजे हेलिकप्टरमार्फत ढुवानी गरिने भएको छ।
सिति, सितोला, पाथा र क्षेत्ती मतदान केन्द्रका मतपेटिका हेलिकप्टरमार्फत सदरमुकाम ल्याइने तयारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी विनोद दाहालले जानकारी दिनुभयो।
भौगोलिक दुर्गम र सडक यातायातको अभावका कारण ती मतदान केन्द्रबाट मतपेटिका हवाईमार्गबाट ढुवानी गर्न लागिएको प्रशासनले जनाएको छ।




