दार्चुला । प्रतिनिधि सभा सदस्य चुनावअन्तर्गत गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार सुधन गुरुङ विजयी हुनुभएको छ । गुरुङ २९ हजार ८९६ मतसहित विजयी हुनुभएको हो ।

उहाँका निकटतम प्रतिस्पर्धी कांग्रेसका प्रेमकुमार खत्रीले १५ हजार ३९८ मत प्राप्त गर्नुभएको छ । योसँगै रास्वपाले प्रत्यक्षतर्फ १ सय २५ सीट पाएको छ ।

यस्तै रोचक प्रतिस्पर्धा देखिएको इलाम क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका उम्मेदवार निश्कल राई विजयी हुनुभएको छ । श्रम संस्कृति पार्टीका विनोद नेम्बाङ लिम्बूलाई १ हजारभन्दा कम मतान्तरले पछि पार्दै कांग्रेसका राई विजयी हुनुभएको हो ।

कांग्रेका निश्कल राईले १४ हजार ५४३ मत प्राप्त गर्दा श्रम संस्कृति पाटीका लिम्बूले १३ हजार ६३२ मत प्राप्त गर्नुभएको छ । योसँगै प्रत्यक्षतर्फ नेपाली कांग्रेसले १८ सिट जितेको छ ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?