दार्चुला । खोटाङको कपिलासगढी गाउँपालिका-२ खार्तम्छा बालाबेँसीमा एयर डाइनेष्टी हेलिकप्टर दुर्घटनाका घाइते एकजनालाई उपचारका लागि काठमाडौं लगिएको छ ।

अर्को हेलिकप्टर मगाएर घाइते काजीबहादुर राई र चालकलाई काठमाडौं पठाइएको खोटाङका प्रहरी नायब उपरीक्षक प्रकाश बुढाथोकीले बताउनुभयो। काठमाडौंमा स्थानीय मनलसी राईको निधन भएको र पारिवारिक संस्कारका लागि श्रीमान्, छोरा, सहित चर्चका पास्टर हेलिकप्टरमा खोटाङ पुगेका थिए।

पास्टर काजीबहादुर गम्भीर घाइते भएको कपिलासगढी गाउँपालिका वडा नम्बर २ का वडाध्यक्ष मिलन राईले बताउनुभयो । बारीमा अवतरणका क्रममा हेलिकप्टर अनियन्त्रित भइ दुर्घटना भएको थियो ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

ऐतिहासिक गोकुलेश्वर शिवरात्री मेला सुरु: धार्मिक, सांस्कृतिक, व्यापारीक दृष्टिकोणले प्रशिद्ध

२०८२ फाल्गुन ३, आईतवार ०७:५० गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?