दार्चुला । नासाको आर्टेमिस–२ अन्तर्गत चन्द्रमातर्फ गइरहेका अन्तरिक्षयात्रीहरूले खिचेका पृथ्वीको तस्बिर सार्वजनिक भएको छ ।

पृथ्वीबाट डेढ लाख किलोमिटर परको दूरीबाट कैद गरिएका तस्बिर सार्वजनिक भएका हुन् । मिसन कमान्डर रिड वाइजम्यानले कैद गरेका तस्बिर नासाले सार्वजनिक गरेको हो ।

हाल तीन अमेरिकी र एक क्यानेडियन सदस्य पृथ्वीबाट १.८ लाख किलोमिटर पार गर्दै आधा दूरीमा पुगेको नासाले जनाएको छ ।

अझै करिब २.४ लाख किलोमिटरको यात्रा तय गरेपछि उनीहरू चन्द्रमा पुग्नेछन् । अप्रिल ६ मा उनीहरू चन्द्रमा पुग्ने बताइएको छ । सन् १९७२ पछि पहिलोपटक मानवलाई चन्द्रमा पु¥याउन लागिएको हो ।

आर्टेमिस–२ का यात्रीहरूले चन्द्रमामा अवतरण भने गर्ने छैनन् ।

प्रतिक्रिया

भर्खरै प्रकाशित

 

घाइते भेट्न केएमसी पुगे गृहमन्त्री गुरुङ

२०८२ चैत्र २०, शुक्रबार १४:२२ गते

ताजा समाचार

लोकप्रिय

सिफारिस

छुटाउनु भयो कि ?